अवैध लागूऔषधसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर २०,मंगलवार १६:५६
सांकेतिक तस्बिर

कैलाली । कैलालीबाट प्रहरीले सोमबार अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलारी गाउँपालिका–७ रामपुर बस्ने रामशरण चौधरीको घरबाट लागूऔषध ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्रामसहित चार जनालाई पक्राउ गरेको हो ।

सोमबार राति धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन शाहसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्यको भने प्रहरीले नाम खुलाइएको छैन ।

प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।