दासढुंगा काण्डको छानविन संयोजक बनेका पूर्वन्यायाधीशको निधन

तु खबर संवाददाता
२०७९ मंसिर २१,बुधबार ०८:०६

काठमाडौं । पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । ९२ वर्षीय उनको बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो । उनी मधुमेह, रक्तचाप र मुटुका बिरामी थिए ।

जिल्ला न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका अनिल विभिन्न तह हुँदै सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर अवकाश भएका थिए ।

उनी बहुचर्चित दासढुंगा हत्याकाण्डको छानविन गर्न बनेको जाँचबुझ आयोगको संयोजक थिए । तत्कालिन सरकारले न्यायाधीशबाट अवकाश भइसकेका अनिलको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको दासढुंगा भन्ने स्थानमा जिप दुर्घटना हुँदा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको निधन भएको थियो ।