साइबर ब्‍यूरोको नक्क‍ली फेसबुक पेज बनाएको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर २०,मंगलवार १७:४५

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोको नक्क‍ली फेसबुक पेज बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–५ झुवानीटोल बस्‍ने १८ वर्षीय युवक करण महतो रहेका छन् ।

महतोले साइबर ब्‍यूरोको नक्क‍कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्‍यानमा पारी ठगी गर्ने अभिप्रायले उक्‍त पेजको दुरूपयोग गरेको ब्‍यूरोको आरोप छ ।

पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतले ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्‍यूरोले जनाएको छ ।