हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका अवस्थामा धानुकलाई हात्तीले आक्रमण गरेको थियो ।