समाचार
मकवानपुरमा डेंगू संक्रमितको संख्या २२० पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या २२० पुगेको छ । जिल्लामा बुधबार थप १४ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या २२० पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बुधबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ५ जना, बागमती गाउँपालिकाका ७, बकैयाँ गाउँपालिकाका एक जना र...
बागमतीका मुख्यमन्त्री जम्मकट्टेलद्वारा प्रहरी भवन उद्घाटन
मकवानपुर । मकवानपुरको हर्नामाणीस्थित ठूलो दमार प्रहरी चौकीको नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको छ । उक्त भवनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गरेका हुन् । सो क्रममा बोल्दै मुख्यमन्त्री जम्मकट्टेलले प्रहरीले दिने सेवालाई छिटोछरितो र थप प्रभावकारी बनाउन प्रविधिसँग जोड्नुपर्ने बताए । उनले प्रदेश सरकारअन्तर्गतका प्रहरी कार्यालयहरुले ‘प्रहरी...
चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा बुधबार राति तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ भारतीय...
इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता लिन नेविसंघको माग
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङको स्नातक तह अध्ययनका लागि गरेको शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क तत्काल फिर्ता लिनुपर्ने बताएका हुन्...
कांग्रेसले भदौ १६ र १७ गते प्रदेश सभापतिको भेला गर्दै
काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सभापतिहरुको भेला आयोजना गर्ने भएको छ । कांग्रेसले यही भदौ १६ र १७ गते पोखरामा भेला गर्न लागिएको हो । सभापति शेरबहादुर देउवासहित केन्द्रीय तहका शीर्ष नेताहरु भेलामा सहभागी हुने गण्डकीका प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए । उनका अनुसार, १६ गते उद्घाटन र...
धादिङ बस दुर्घटना अपडेट : मृतकमध्ये ४ जनाको सनाखत
मकवानपुर । धादिङ गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्बी लोकमार्गमा बुधवार बिहान भएको बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको छ । काठमाडौंबाट बेनी जान लागेको म्याग्दी कोरला यातायात प्रालि नामको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदिमा खसेर दुर्घटना हुँदा मृत्यु भएका ८ जनामध्ये ४...
जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१० कोक्टीस्थित जयन्ता कटवालको सौरभ होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले कटवालसहित ५ जनालाई गएराति पक्राउ गरेको हो । उनीहरुलाई विशेष सूचनाको आधारमा प्रहरी चौकी कमजाखोजठाडी दुधौलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नगद ३० हजार...
पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक ५ दिनपछि खुल्यो
म्याग्दी । पहिरोका कारण अवरुद्ध मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि पुनः संचालनमा आएको छ । अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता लगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिरो पन्छाई आजदेखि पुनः यातायात संचालनमा ल्याएको हो...
साउनमा १ खर्ब २९ अर्बको वैदेशिक वस्तु आयात
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामा नेपालले १ खर्ब २९ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक वस्तु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा १ अर्ब २९ अर्ब रुपैयाँको वस्तु आयात भएको हो । विभागका अनुसार यो गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा...
प्रतिनिधि सभा बैठक जारी
काठमाडौं । हाल प्रतिनिधि सभा बैठक जारी छ । झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभा बैठक बुधवारदेखि खुलेको हो । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच २ बुँदे सहमति भएसँगै प्रतिनिधि सभा बैठक खुलेको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो...










