सन नेपालको आईपीओ बाँडफाँड
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्कले शुक्रवार आईपीओ बाँडफाँड गरेको हो ।
बाँडफाड गर्दा ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरूले १० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । बाँकी ६ दाख ९८ हजार ८६२ जना आवेदकहरूको हात खाली हुन पुगेको छ ।
कम्पनीको आईपीओमा कूल १४ लाख ६६ हजार ८६२ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एसबीआई मर्चेन्टले जनाएको छ ।
आवेदन दिएकामध्ये योग्य १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराएर आईपीओ बाँडफाँड गरिएको हो ।
कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि कूल ७६ लाख ८० हजार कित्ता आईपीओ प्रिमियम मूल्यमा बिक्री खुला गरेको थियो ।