देशभर ५०० वटा चार्जिङ स्टेसन बनाउने तयारी

तु खबर संवाददाता
२०८० भाद्र १५, शुक्रबार १७:४८

काठमाडौं । सरकारले देशभर ५०० वडा चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरेको छ ।

सरकारले चार्जिङ स्टेसन निर्माणलाई अभियानको रुपमा अघि बढाएर देशभर उक्त संख्यामा चार्जिङ स्टेसन बनाउने तयारी गरिरहेको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यले शुब्रबारदेखि काठमाडौंमा सुरु भएको ‘नेपाल ईभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’ मेला उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मुलुक क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारी साधन र उपकरणको प्रयोगलाई बढुवा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेशन एकाधबाहेक अधिकांश संचालनमा आइसकेका छन् ।