सातामा २३ अंकले घटेर १९९० अंकको विन्दुमा पुग्यो नेप्से

काठमाडौं । यो साता नेप्से सूचकसँगै कारोबार रकममा समेत तीव्र गिरावट आएको छ । सातामा चार दिन खुलेको बजारमा २३ अंकले घट्दै नेप्से सूचक १९९० अंकको विन्दुमा पुगेको छ ।
यस्तै, यो साता कारोबार रकम समेत ठुलो परिणामले घट्दै जम्मा ४ अर्ब १० करोड १३ लाख ६७ हजारमा सीमित हुन पुगेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको हो ।
सातामा चार दिन खुलेको बजारमा जम्मा एक दिन सोमबार ५.०९ अंकले नेप्से सूचक बढेकोमा बाँकी तीन दिन २८ अंकले घट्न पुगेको छ ।