समाचार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जानकारी गराएको हो । पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ । निगमले मूल्यवृद्धि आज मध्यरातिदेखि लागू भएको...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहनुका साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको र त्यसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती...
साउदीमा १७७ नेपालीलाई २९ करोडको जरिबाना
साउदी । नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार । त्यसरी काम छोडे एकातिर तपाई ‘अवैधानिक कामदार’ बन्नुहुन्छ । अर्कोतिर सम्झौता भएको कम्पनीले तपाईंविरुद्ध मुद्दा दायर गर्न सक्छ । कमाउन आएको परदेशमा उल्टै जरिबाना तिर्न नसकेर बन्धक बन्नुहोला...
भोजपुरमा भूकम्पको धक्का महसुस
काठमाडौं । भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार, आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ...
डेंगू संक्रमितको सख्या २१ हजारभन्दा बढी नाघ्यो
काठमाडौँ । डेंगू संक्रमितको संख्या बढ्दै गएको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्यांक अनुसार, डेंगू संक्रमित २१ हजार २०६ जना पुगेको छ । गएको साढे सात महिनाको अवधिमा ७५ जिल्लामा डेंगु संक्रमणका कारण १३ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै...
विद्यालयमै संयुक्त राष्ट्र संघीय सभा
हेटौंडा । बालबालिका खेल्न, नाच्न, गाउन मन पराउँछन् । विशेषगरी उनीहरु बाल मनोविज्ञानसँग जोडिएका क्रियाकलापहरुमा सहभागी हुन पाउँदा खुसी हुन्छन् । बालबालिका जिज्ञासु स्वभावका हुने भएकाले विभिन्न क्षेत्रको जानकारी प्राप्त गरी नेतृत्व र व्यक्तित्व विकास गर्न पनि उत्तीकै आतुर हुन्छन् । अहिले सरकारी र निजी दुवै खाले विद्यालयहरुले किताबी...
पर्वतमा पहिरोले ठूलो क्षति, सात घर विस्थापित
पर्वत । पर्वतको जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पुर्याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात...
माओवादीको विशेष अभियानको तयारी पूरा
काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबारदेखि सुरू हुने ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको तयारी पूरा भएको छ । प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भव्य समारोहबीच चन्द्रागिरि–२ स्थित भट्टेडाँडाबाट अभियानको औपचारिक उद्घाटन गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । गत केन्द्रीय समिति बैठकबाटै माओवादीले ७५३ पालिकाको...
बैंकको एटीएम मेसिन फुटाउने युवक पक्राउ
काठमाडौं । भक्तपुरको कमलविनायकस्थित भत्केको पाटीमा रहेको नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं। २ बस्ने २४ वर्षीय पूर्णबहादुर खासु छन् । उनलाई आज बिहान करिब पौने ३ बजेतिर प्रहरी वृत्त जगातीको...
मकवानपुरगढीमा अन्तरजेसीस फुटसल हुने
हेटौंडा । मकवानपुरगढी जेसीज (प्रस्तावित) को आयोजनामा अन्तरजेसीस फुटसल हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो । मकवानपुरगढी जेसीजले मकवानपुरगढी गाँउपालिकालाई नेपालभरिका जेसीजका शाखामाझ पर्यटन प्रवद्र्धन, औद्योगिक प्रतिष्ठानहरुलाई खेलकुदमा लगानी गर्दै सामाजिक उत्तरदायित्व बहन एवम् खेलकुदको विकास गराउने उद्देश्यले जेसीआई मकवानपुरगढी फुट्सल प्रतियोगिता...










