समाचार
मकवानपुरमा डेंगू संक्रमितको संख्या २०० नाघ्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या २०० नाघेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या २०० नाघेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ६ जना, मनहरी गाउँपालिकाका २ जना र बकैयाँ...
प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको सपथ
काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले श्रेष्ठलाई सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए । समारोहमा उपराष्ट्रपति, रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे,...
कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
काठमाडौं । कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने ३७ वर्षीय प्रकाश बोहरालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, प्रकाश वैदेशिक रोजगारका लागि कुक आइसल्याण्ड जानको लागि ८...
सभापति देउवाद्वारा आयोग र समितिमा पाँच जना मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा गरी पाँच जनालाई मनोनीत गरेका छन् । देउवाले आयोगको सदस्यमा ४ जना र निर्वाचन समितिको संयोजकमा खम्मबहादुर खातीलाई मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जारी विज्ञप्ति अनुसार,...
रिक्त पदहरूको विवरण उपलब्ध गराउन अस्पताललाई निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ वटा स्वास्थ्य संस्थालाई रिक्त पद विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालय मातहतका अस्पताल विभागलाई पत्र लेख्दै मन्त्रालयले रिक्त रहेका पदहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । मन्त्रालयले सेवा समूह र उपसमूहका छुट्टाछुट्टै पानामा संलग्न गरी रिक्त पदहरूको पदपूर्ति गर्ने...
नेप्से १७ अंकले बढ्यो, १ अर्ब ३३ करोडको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो तीन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । मंगलबार नेप्से १७.६९ अंकले बढ्दा २०१५.९८ को विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २७७ कम्पनीको ६० लाख ३१ हजार ३ सय ५६ कित्ता १ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको...
अवैध लागूऔषधसहित आठ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र झापा गरी दुई छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित घोडाघोडी नगरपालिका–१० बस्ने २३ वर्षीय उमेश चौधरीलाई...
कांग्रेसले बिपी साहित्य महोत्सवको आयोजना गर्ने
काठमाडौं । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सवको आयोजना गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । बैठकले बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा भदौ २४ देखि २६ गतेसम्म काठमाडौँमा बिपी साहित्य महोत्सवमने आयोजना गर्ने निर्णय गरेको हो ।...
प्रधानमन्त्रीद्वारा हेटौंडा–भरतपुर–बर्दघाट प्रसारणलाइनको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मंगलबार हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन गरेको छन् । प्रधानमन्त्री प्रचण्डले नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसनसँगै डबल सर्किट प्रसारणलाइनको पनि उद्घाटन गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्याँस...
बुधबारसम्मका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक
काठमाडौं । प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि तय भएको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो । सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने भनेर राष्ट्रिय दलका शीर्ष नेतृत्व तहमा मोटामोटी सहमति भए पनि थप आकार लिएर संसद खुल्ने निश्चित नभइसकेकाले बैठक...










