समाचार
बालसुधार गृहबाट भागेकामध्ये ८६ जना ‘नाबालक बन्दी’ पक्राउ
काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट भागेकामध्ये ८६ जना नाबालक बन्दीहरूलाई प्रहरीले बानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ । प्रहरीले बालसुधार गृहबाट भागेका २२१ जनामध्य उनीहरूलाई भक्तपुरबाट आउँदै गर्दा कोटेश्वर, तीनकुने र नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ गरिएका ८६ जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । बालसुधार...
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री थापाले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई सभाध्यक्ष इस्राइल मन्सुरीसहित ४७ सांसदको समर्थनमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । सभाध्यक्ष मन्सुरीले आफ्नो आशनबाटै मुख्यमन्त्री थापालाई मत दिएका हुन् । सभामा उपस्थित कूल सदस्य संख्या ७७ मध्ये थापाको...
साँझ ७ बजेलाई सर्यो सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको सर्वदलीय बैठक साँझ ७ बजेका लागि सारिएको छ । सुर्खेतमा रहेका प्रधानमन्त्री प्रचण्ड आउने ढिलाई हुने भएपछि ४ बजेका लागि आह्वान गरिएको सर्वदलीय बैठक ७ बजेलाई सारिएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रतिनिधिहरूको सहभागी रहनेछ । आइतबार बसेको बैठककै...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा । झापामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–३ घर दमक नगरपालिका–५ यलम्बर चोक डेरा गरी बस्ने ४३ वर्षीय मोहन बहादुर राई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, राईले ती महिलालाई ललाई फकाई गत...
समाजवादी मोर्चाले सबै जिल्लामा संयुक्त समन्वय समिति गठन गर्ने
काठमाडौं । समाजवादी मोर्चाले सबै जिल्लामा संयुक्त समन्वय समिति गठन गर्ने भएको छ । सत्तारूढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर बनेको समाजवादी मोर्चाले ७७ वटै जिल्लामा समिति गठन गर्ने भएको हो । प्रदेश समन्वय समितिमा पार्टीको प्रदेश प्रमुखसहित ३/३ जना चार दलबाट...
मकवानपुरमा थप २४ जनामा डेंगू संक्रमण पुष्टि, कूल संख्या झण्डै २०० पुग्यो
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २४ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यससँगै जिल्लामा डेंगू संक्रमितको कूल संख्या झण्डै २०० को हारहारीमा पुगेको छ । जिल्लामा गत साउन १ गतेदेखि...
प्रदेश सरकारले रोजगार सृजना गर्ने नीति अगाडि सार्यो : मुख्यमन्त्री
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले रोजगारी सृजना गर्ने नीति अगाडि सारेको बताएका छन् । सोमबार प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा आयोजित प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्मकट्टेलले सो कुरा बताएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले मुख्य रुपमा रोजगारी सृजना गर्नुनै...
बागमती प्रदेश सरकारद्वारा श्रम तथा रोजगार नीति सार्वजनिक
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिक गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सोमबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी प्रदेश श्रम तथा रोजगार नीति सार्वजनिक गरेको हो । कार्यक्रम प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यता एवम् प्रदेशका श्रम रोजगार तथा यातायात...
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र झापा गरी दुई छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोईनसहित ४ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी...
सोमबार नेप्से १९ं९३ अंकले घटेर १९ सयको विन्दुमा झर्यो
मकवानपुर । आज साता कारोकारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजारमा गिरावट आएको छ । सोमबार नेप्से १२.९३ अंकले घटेर १९९८.२८ को विन्दुमा झरेको छ । २ हजारमाथि विन्दुमा रहेको नेप्से आजबाट घटेर १९ सयको विन्दुमा पुगेको हो । यस्तै, आज २७२ सूचीकृत कम्पनीहरुको ४१ लाख ६३ हजार...










