प्रदेश सभा सचिवालयमा विधेयक दर्ता

तु खबर संवाददाता
२०८० भाद्र १२, मंगलवार १७:४३

मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा आज एउटा विधेयक दर्ता भएको छ ।

प्रदेश सभा सचिवालयमा विज्ञान प्रविधि, नवप्रर्वधन तथा विकास कोष संचालन गर्न बनेको विधेयक २०८० दर्ता भएको सो सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार, सचिवालयमा आज दर्ता गरिएको सो विधेयक आगामी वर्षे अधिवेशनको बैठकबाट पारित गर्न प्रक्रिया अघि बढाइसकिएको छ ।