आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० भाद्र १३, बुधबार ०८:१०
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ ।

महाशाखाका अनुसार, त्यसको प्रभावले देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।

यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।