समाचार
आज नागको पूजा, आराधना गरी नागपञ्चमी मनाइँदै
मकवानपुर । आज नागपञ्चमी धार्मिक परम्परा अनुसार नेपालमा मनाइदै छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाउने गरिन्छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको...
आज कर्णाली प्रदेशमा सार्वजनिक विदा
सुर्खेत । कर्णाली सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीका अवसरमा सर्वाजनिक विदा दिइएको जानकारी गराएको हो । कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत्र २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने...
समाजवादी मोर्चाको बैठक जारी
काठमाडौं । समाजवादी मोर्चाको बैठक हाल जारी छ । बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू सहभागी...
मकवानपुर प्रहरीद्वारा १० लाखभन्दा बढीको सामान बरामद
मकवानपुर । मकवानपुर प्रहरीले गएराति भन्सार छली पैठारी गरी ल्याएको अवैध सामान बरामद गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबाट १० लाख ३३ हजार २४४ रुपैयाँ बराबरको सामान बरामद गरेको हो । गएराति ११ बजेको समयमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक बसहरुलाई रोकी चेकजांच गर्ने क्रममा लुकाई...
हेटौंडा–१३ मा वृक्षारोपण कार्यक्रमको आयोजना
मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुर (युथ फोर्स विभाग) ले आइतबार हेटौंडा–१३ मा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । विभागले ‘एक युवा पाँच बिरुवा’ कार्यक्रम अन्तर्गत हेटौंडा–१३ स्थित गुम्बा पार्क परिसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम युथ फोर्स विभाग मकवानपुरका प्रमुख प्रकाश सुवेदीको...
समाजवादी मोर्चाको बैठक सोमबारसम्मका लागि स्थगित
काठमाडौं । आइतबार साँझका लागि आह्वान गरिएको चार दलीय समाजवादी मोर्चाको बैठक स्थगित भएको छ । आइतबार साँझ ६ बस्ने बस्ने गरी आह्वान गरिएको उक्त बैठक सोमबारसम्मका लागि स्थगित भएको हो । बैठक सोमबार बिहान साढे ७ बजे बस्नेगरी स्थगित भएको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।...
मकवानपुरमा १७३ जनामा डेंगू संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा डेंगू संक्रमितको संख्या १७३ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १७३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो । जिल्लामा सबैभन्दा धेरै संक्रमित हेटौंडा...
बागमतीमा ४८ हजार ३६४ पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइयो
मकवानपुर । बागमती प्रदेशमा एक साताको अवधिमा ४८ हजारभन्दा बढी पशुलाई लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गरेको साताव्यापी खोप अभियानअन्तरगत प्रदेशमा ४८ हजार ३६४ पशुलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको हो । मन्त्रालयले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत गत साउन २५ गतेदेखि...
लागूऔषधसहित हेटौंडाबाट बर्तौला पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित सार्वजनिक शौचालयबाट आइतबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ नवलपुर बस्ने ४४ बर्षीय मनोज बर्तौला रहेका छन् । उनलाई लागूऔषध खैरो हिरोइनको धुलो १ ग्राम ३५० मिलीग्रामसहित पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।...
साता कारोबारको पहिलो दिनमा नै ओरालो लाग्यो नेप्से
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबारको दिनमा नै नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से २२.९९ अंकले घटेर २०१०.१३ को विन्दुमा कायम भएको छ । यस्तै, आज २६९ सूचीकृत कम्पनीको ४३ लाख ७२ हजार ८ सय १ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४१ करोड...









