समाचार

राष्ट्रिय सभाको बैठक मंगलबार बस्ने गरी आह्वान

काठमाडौं । संघीय संसद् अन्तरगत संघीय संसद् राष्ट्रिय सभाको बैठक मंगलबारका लागि आह्वान गरिएको छ । बैठक मंगलबार अपराह्न १ः ०१ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र, मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्र, मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची...

ललिता निवास प्रकरण : आरोपित १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपितहरुलाई जिल्ला अदालत काठमाडौंले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका संचालक मिनबहादुर गुरुङसहित १८ जनालाई हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई अनुमति दिएका हुन् । गत साउन ३१ मा थप...

प्रधानन्यायाधीश पदमा श्रेष्ठको नाम अनुमोदन

काठमाडौँ । प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइ समितिले विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ । सिंहदरबार स्थित संघीय संसद सचिवालयमा भएको सुनुवाइपछि श्रेष्ठको नाम सर्वसम्मतीले अनुमोदन भएको हो । श्रेष्ठको नाम प्रधान न्यायाधीश पदका लागि अनुमोदन भएको समितिको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन्...

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । बैठकले भदौ ८ गते मधेश प्रदेशको वीरगञ्जमा, भदौ १२ गते लुम्बिनीको बुटवलमा, भदौ १३...

खेलकुद विकास परिषद् बागमतीद्वारा अन्तर प्रदेश खेलकुदको आयोजना गर्ने

मकवानपुर । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुदको आयोजना गर्ने भएको छ । परिषद्का अध्यक्ष सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा आइतबार काठमाडौंमा बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी फागुन २४ गतेदेखि ३० गतेसम्म राष्ट्रिय खेलकुदको आयोजना गर्ने निर्णय गरेको परिषद्का...

एकीकृत समाजवादीको बैठक सोमबार पनि बस्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार पनि बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि आइतबार पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु भएको बैठक साँझ पौने ६ बजेसम्म जारी रहेर स्थगित भएको थियो । आइतबारको बैठकमा...

दुई बालबालिकाकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा उद्धार

बारा । सशस्त्र प्रहरीले आइतबार बाराको सीमा क्षेत्रबाट बोरामा राखेर भरततर्फ लैजाँदै गरेका दुई बालबालिकालाई उद्धार गरेको छ । सशस्त्र प्रहरीले बाराको देवताल गाउँपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र स्थानीय प्रेमचन्द्र महत्तोको २ वर्षीय छोरा सत्यमकुमार महत्तोलाई उद्धार गरेको हो । ती...

राष्ट्रिय दलको बैठक आज पनि बस्ने तय

काठमाडौं । संसद् अवरोध खुलाउने प्रयासस्वरुप राष्ट्रिय दलको बैठक आज पनि बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने तय भएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठक बस्ने भनिएको पनि समय भने नतोकिएको छैन । यसअघि आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी...

मकवानपुरमा खोलाले बगाउँदा बालिकाको मृत्यु

मकवानपुर । मकवानपुरमा आइतबार खोलाले बगाउँदा ४ वर्षीय बालिकाको मृत्यु भएको छ । जिल्लाको कैलाश गाउँपालिका–१० स्थित मनहरी खोलाले बगाउँदा स्थानीय सुमनसिंह स्याङतानकी छोरी प्रमिसा स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, साथीहरूसँग पौडी खेल्न गएकी प्रमिसाको खोलाले बगाउँदा घटनास्थलमा नै मृत्यु भएको हो...

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहने जनाएको छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार, सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा...