समाचार

निष्कर्षविहीन नै टुंगियो राष्ट्रिय दलको बैठक

काठमाडौं । संसद् खुलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आह्वान गरिएको राष्ट्रिय दलको बैठक निष्कर्षविहीन नै टुंगिएको छ । संसद् खुलाउने विषयमा सहमति जुटाउन आइतबार दिउँसो सिंहदरबारमा बसेको प्रमुख प्रतिपक्षी दल, अन्य विपक्षी दल तथा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन नै सकिएको हो । नेकपा एमालेले सुन...

आइतबार बोलाइएको प्रतिनिधि सभा स्थगित, भदौ ५ गते बस्ने

काठमाडौं । संघीय संसद् अन्तर्गत आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्ने भएपछि आज अपराह्न १ बजे बस्ने गरी आह्वान गरिएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो । प्रतिनिधि सभाको अर्को बैठक यही भदौ ५ गते अपराह्न ३ बस्ने...

सुन प्रकरण : पक्राउ परेका ४ चिनियाँको साथमा भेटियो नेपाली नागरिकता

काठमाडौं । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ परेका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका चार जना चिनियाँले नेपाली नागरिकता लिएको भेटिएको हो । तीमध्ये एक जनाले काठमाडौं र तीन जनाले काभ्रे...

पेस्तोलसहित २ जना पक्राउ

काठमाडौं । सर्लाहीमा दुई वटा पेस्तोलसहित प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीकै हरिपुर्वा नगरपालिका–६ का प्रकाश यादव र जीवन राय यादव रहेका छन् । उनीहरुलाई सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनीहरू बिआर १९ जीए ४१४१...

चिर्पट प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–१२ एक व्यक्तिले चिर्पट प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । स्थानीय देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा...

प्रदीप गिरिको अस्तु पावन यात्रा हेटौंडामा

मकवानपुर । नेपाली कांग्रेसका स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अस्तु पावन यात्रा हेटौंडा आइपुगेको छ । काठमाडौंबाट सुरु भएको गिरिको अस्तु भदौ ५ गते भारतको तीर्थस्थल वनारसमा विर्सजन कार्यक्रम रहेको छ । सोही क्रममा प्रतिनिधि मण्डलसहितको टोली शनिबार साँझ हेटौंडा–२ स्थित नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आइपुगेको...

दुर्घटनामा परेर दुई जनाको ज्यान गयो

कास्की । कास्कीको रुपा गाउँपालिका–६ निगालझाँप्रास्थित भित्रीसडकमा सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ अन्दाजी ८०–९० मिटर तल खसी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । दुर्घटनामा परेर ज्यान गुमाउनेहरुमा लमजुङको दूधपोखरी...

आज एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुने पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार, बैठकमा पार्टीले अवलम्बन...

पोर्चुगलमा दुई नेपाली युवाको मृत्यु

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको मृतयु भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा मृत फेला परेको हो । राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ...

लागूपदार्थ खाएर गाडी चलाउने ७ जना पक्राउ

धनगढी । कैलालीमा लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागूऔषध परीक्षण किटले परीक्षण गर्दा सेवन गरेको अवस्थामा सवारी साधन चलाइरहेका ७ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, शुक्रबार र शनिबार लागूपदार्थ सेवन (लापसे) परीक्षणका क्रममा उनीहरुलाई...