सुनको भाउ ४ दिनदेखि स्थिर

तु खबर संवाददाता
२०८० भाद्र ११, सोमबार १३:४२

काठमाडौँ । पछिल्लो ४ दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ । छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कायम छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य स्थिर रहेर प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँ कायम छ ।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।