समाचार

वडाध्यक्ष घिमिरे मृत अवस्थामा फेला

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे आज बिहान मृत अवस्थामा फेला परेका छन् । बिहान करिब ५ बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे ७ बजे रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । वडाध्यक्ष घिमिरे घरबाट...

भीमफेदी कारागारले असोजको अन्तिम साताबाट बायो ग्यास उत्पादन गर्ने

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारले आगामी असोज अन्तिम साताबाट बायो ग्यास उत्पादन गर्ने भएको छ । कारागारबाट निस्कने फोहोरबाट बायो ग्यासको उत्पादन सुरु गर्ने भएको कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए । उनका अनुसार, बायो ग्यास उत्पादनका लागि बोलपत्र आह्वान गरिसकेको र भदौको तेस्रो सातासम्ममा बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्य...

धादिङमा बस दुर्घटना हुँदा २६ जना घाइते

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक आज बिहान यात्रु बस दुर्घटनामा २६ जना घाइते भएका छन् । तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।...

एमालेले पार्टीको नामका फेक एकाउन्ट बन्द गर्ने

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको नामका विभिन्न फेक एकाउन्ट बन्द गर्ने भएको छ । एमालेले सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरुबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको ठहर गर्दै बन्द गर्ने भएको हो । शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपानि ८ जारी गर्दै यसले पार्टी पंक्ति...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको मौसममा भारतको ओडिसा र आसपासको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल मधेस प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली बदली रहनुका साथै गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो...

मकवानपुरमा थप ४ जनामा डेंगू संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा थप ४ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट ४ जनामा डेंगू संक्रमण पुष्टि जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज थपिएसँगै जिल्लामा डेंगू संक्रमितको कूल संख्या १७० पुगेको छ । उक्त तथ्याङ्क साउन १ गतेदेखि...

हेटौंडामा मनाइयो २९ औं तामाङ प्रसारण दिवस

मकवानपुर । मकवानपुरको हेटौंडामा २९ औं तामाङ प्रसारण दिवस मनाइएको छ । तामाङ पत्रकार सघ मकवानपुरले शुक्रबार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरी तामाङ प्रसारण दिवस मनाएको हो । कार्यक्रम तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष जयराम मोक्तानको सभााध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा...

प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीको अवसर सार्वजनिक बिदा

सुर्खेत । कर्णाली सरकारले आगामी भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो । मन्त्रालयले कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा...

जंगली च्याउ खाएर आमा–छोरीको ज्यान गयो

दाङ । दाङमा जंगली विषालु च्याउ खाएर आमा–छोरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरी अस्मिता सुनुवार रहेका छन् । च्याउ खाएर बिरामी परेकी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोहीमा उपचारका क्रममा शुक्रबार ज्यान गएको जिल्ला प्रहरी...

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्यो

काठमाडौं । पछिल्लो समय मोबाइल बैंकिङको प्रयोग संख्या बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार, गत आर्थिक वर्ष मात्र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या २ लाख ७० हजारले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म १ करोड ८३ लाख ७ हजार २५५ रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या...