दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब २६ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १९९३ को विन्दुमा कायम भएको छ ।
यस्तै, आज नेप्सेमा सूचीकृत २८० कम्पनीहरुको ३८ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड २७ लाखको कारोबार भएको छ ।
बजार घटेसँगै १२ वटा उपसूचकमा रातो पोतिएको छ । आज एकमात्र म्युचुअल फण्ड उपसूचक ०.२४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसूचक सर्वाधिक १.७५ प्रतिशतले घटेको छ ।
