कतिमा कारोबार हुँदैछ सुनचाँदीको भाउ ?

तु खबर संवाददाता
२०८० भाद्र १०,आईतवार १५:३२

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको भाउ स्थितर रहेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा आज सुनको भाउ स्थिर रहेको जनाएको हो ।

महासंघका अनुसार, आज छापावाल सुनको प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने बढेको छ । महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेको छ ।

यससँगै आज चाँदीको भाउ प्रतितोलामा १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ कायम थियो ।