प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि अब ५ वर्ष कायम

तु खबर संवाददाता
२०८० भाद्र १२,मंगलवार १५:१९
file-photo

काठमाडौं । सरकारले प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि अब ५ वर्ष कायम गरेको छ । गृह मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।

मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेसँगै सो नियम कायम भएको हो ।

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खास गरी विद्यार्थीहरू ठुलो मर्कामा थिए । अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ६ महिनाको सट्टा ५ वर्ष कायम गरिएको हो ।

शैक्षिक प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकतावाहक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन् ।