कांग्रेसका विभागले भदौं १५ गतेसम्ममा पूर्णता नपाउने
काठमाडौं । नेपाली कांग्रेसका विभागले भदौं १५ गतेसम्म पूर्णता नपाउने भएका छन् । साउन १० मा सकिएको केन्द्रीय समितिको बैठकले भदौं १५ गतेभित्रमा विभागहरुलाई पूर्णता दिने निर्णय भएको थियो ।
विधान अनुसार कांग्रेसका ४८ विभाग छन् । केन्द्रीय समितिले विभाग बढाउने निर्णय समेत गरेको छ ।
विभागको संख्या थपेर ७० आसपास पुग्ने नेताहरुले दाबी गर्दै आएका छन् । विभागका लागि तयारी भइरहे अन्तिम रुप पाउन नसकेको बताइएको छ ।
शीर्ष तहका एक नेताका अनुसार केही विभागको संयोजक भदौं १५ भित्र तोकिने छ ।
हालसम्म प्रचार विभागको प्रमुख मात्रै तोकिएको छ । उक्त विभागको प्रमुखमा मीन विश्वकर्मा मनोनित भएका छन् । उक्त विभागमा ४२ सदस्य थपिएका छन् ।
