बैंकको एटीएम मेसिन फुटाउने युवक पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १४,बिहीबार १५:४१

काठमाडौं । भक्तपुरको कमलविनायकस्थित भत्केको पाटीमा रहेको नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं। २ बस्ने २४ वर्षीय पूर्णबहादुर खासु छन् ।

उनलाई आज बिहान करिब पौने ३ बजेतिर प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो समेत बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।