भोजपुरमा भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०८० भाद्र १५, शुक्रबार ०८:०६

काठमाडौं । भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार, आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।