समाचार
हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध
मकवानपुर । पहिरोका कारण बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग अन्तरगत पर्ने कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको छ । गएराति परेको वर्षासँगै विभिन्न स्थानमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको हो । उक्त सकडखण्ड अन्तरगत पर्ने ललितपुरको भट्टेडाँडास्थित विभिन्न स्थानमा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध बनेको मकवानपुरका...
भीमफेदीको माण्डु हाईड्रोपावरमा महिलाको शव फेला
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ माण्डुमा बिहीबार एक महिलाको फेला परेको छ । उक्त शव हाल नाम, थर, बखत नखुलेको मंगोलियन अनुहार देखिने अन्दाजी ३५ वर्षीया महिलाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । ती महिलाको शव बागमती खोलाले बगाएर...
ठगी गरेको आरोपमा २ जना पक्राउ
काठमाडौं । आइफोन पुरस्कार जितेको भन्दै रकम मागेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । टिकटक, फेसबुक, ह्वाट्सएप मार्फत लक्की ड्रमा आइफोन जितेको भन्दै एक महिलालाई प्रलोभन देखाएको र भन्सार शुल्कवापत रकम पठाउनुपर्ने भन्दै बैंकमा पैसा हाल्न लगाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्...
बलात्कार र हत्याका आरोपित राईलाई पुर्पक्षका लागि थुनामा पठाइयो
मकवानपुर । २० वर्षपछि पक्राउ परेका बलात्कार र हत्याका आरोपितलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षमा राखेर अनुसन्धान अघि बढाउने गरी कारागार पठाएको छ । ५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी फरार रहेका ४५ वर्षीय सोमबहादुर राईलाई बुधबार जिल्ला न्यायधीश ऋषिराम निरौलाको इजलासले पुर्पक्षका लाथि थुनामा राख्न आदेश दिएको हो ।...
बाँदर धपाउने क्रममा भिरबाट लडेर मृत्यु
बुटवल । दाङमा बाँदर धपाउने क्रममा भिरबाट एक जनाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नम्बर ४ निवासी ७९ वर्षीय सुन्दरे सुनार रहेको प्रहरीले जनाएको छ । बारीमा मकै बाँदरले खाएपछि धपाउन गएका उनको स्थानीय राजी खहरे खोलामा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...
मकवानपुरमा थप १६ जनामा डेंगू संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा थप १६ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामो पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज थपिएसँगै जिल्लामा डेंगू संक्रमितको कूल संख्या २३६ पुगेको छ । उक्त तथ्याङ्क साउन १ गतेदेखि...
हेटौंडा अस्पतालमा १७५ शय्या निःशुल्क
मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा १७५ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरुप हेटौंडा अस्पतालले पनि १७५ शय्या निःशुल्क गरिएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए । प्रदेशका...
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
जनकपुरधाम । जनकपुर जलेश्वर सडकखण्डमा बिहीबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जनकपुरधामको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) स्कुलको बा २ क १५३६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ८ प ९२६७ मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा जलेश्वर नगरपालिका ९...
दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ५५ करोडको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से दोहोरो अंकले घटेको छ । बुधबार हरियाली छाएको नेप्सेमा बिहीबार भने गिरावट आएको हो । आज नेप्से पसिसूचक ३१ अंकले घटेर २०१३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७५ कम्पनीहरुको ४६ लाख ५७ हजार कित्ता शेयर किनबेच...
काठे पुल भाँचिदा युवक बेपत्ता
धनगढी । बाजुरामा काठे पुल भाँचिदा एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बूढीनन्दा नगरपालिका–३ लौठारुख का २७ वर्षीय गंग लुहार रहेका छन् । जिल्लाको घोडाकोट खोलामा रहेको काठे पुल भाँचिदा खसेर लुहार बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, काठेपुलबाट भैंसी र पाडो तार्ने क्रममा अचानक...









