चट्याङले लियो वृद्धको ज्यान

तु खबर संवाददाता
२०८० भाद्र १७,आईतवार १३:३५
file-photo

गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जना वृद्धको ज्यान गएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शनिबार बेलुकी साढे ७ बजेको समयमा चट्याङ लागेर घाइते भएका घर्तीलाई नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको थियो । बेहोस अवस्थामा रहेका घर्तीलाई थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो ।

चट्याङ लागेर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा गएराति नै उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।