दोहोरो अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०८० भाद्र १७,आईतवार १६:०८

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्से घटेको छ । आज नेप्से २९ अंकले घटेर १९६० को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा ४० लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ६६ लाखको कारोबार भएको छ ।

आज नेप्से घटेसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३.०३ प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसूचक २.३३ र जीवन तथा निर्जीवन बीमा उपसूचक समान २ प्रतिशतले घटेका छन् ।