समाचार
अवैध लागूऔषधसहित १० जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, सुनसरी र कञ्चनपुर गरीतीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको मेचिनगर नगरपालिका–१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ३ ग्रामसहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ...
जनता समाजवादी पार्टीले विभाग तथा सङ्गठनहरू गठन तथा पुनर्गठन गर्ने
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले नयाँ विधानअनुरुप आफ्ना विभाग तथा सङ्गठनहरू गठन तथा पुर्नगठन गर्ने जनाएको छ । भदौ मसान्तभित्रमा नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरू गठन र पुनर्गठन गर्ने तयारी भइरहेको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनले जिल्ला/विशेष जिल्ला समन्वय...
भरतपुरमा चिडियाखाना निर्माण गरिने
काठमाडौँ । भरतपुरको देवनगरमा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्रसँगै चिडियाखानासमेत बनाइने भएको छ । भरतपुर भ्रमण वर्षको अवसरमा पर्यटकलाई बाघ लगायतका वन्यजन्तु देखाउन चिडियाखाना निर्माण गरिने भएको हो । उद्धार गरिएका वन्यजन्तुलाई पर्यापर्यटनसँग जोडेर आम्दानी समेत गर्ने गरी योजना अघि बढाइएको हो । भ्रमण वर्षका अवसरमा भरतपुर महानगरपालिकाले चितवन राष्ट्रिय...
एकीकृत समाजवादीको केन्द्रीय बैठक जारी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी छ । बैठक आज बिहान ८ बजेबाट ललितपुरको बालकुमारीमा बसिरहेको छ । मंगलवारबाट सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमाथि छलफल भइरहेको छ । मंगलवारको बैठकमा राजनीतिक प्रतिवेदन,...
संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते
काठमाडौँ । संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तय गरेको छ । प्रतिनिधिसभा सञ्चालन भएको ८ महिनापछि यसअन्तर्गत रहेको संसदीय समितिले नेतृत्व पाउने भएको हो । सभामुख देवराज घिमिरेले बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि...
विपद्को घटनामा परेर ७२ जनाको ज्यान गयो
काठमाडौं । नेपालमा पछिल्लो २ महिनामा विपद्को घटनामा परेर ७२ जनाको ज्यान गएको छ । विपद्को घटना बाढी, पहिरो तथा चट्याङमा परेर भदौ ६ गतेसम्ममा ७२ जनाले ज्यान गुमाएका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार, सबैभन्दा धेरै पहिरोमा परेर ज्यान गुमाएका छन्...
अवैध लागूऔषधसहित एक जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ कटानबाट अवैध लागूऔषधसहित प्रहरीले बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोईन ७० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही नगरपालिका वडा नम्वर १३ बस्ने २७ वर्षीय संजय साउद रहेका छन् । उनलाई अस्थायी प्रहरी पोष्ट पुष्पलालचोकबाट...
चुरियामाई दुर्घटना अपडेट : घाइते सबैको पहिचान खुल्यो (नामावलीसहित)
मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा बुधबार राति तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा घाइते भएकाहरुको पहिचान खुलेको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेर दुर्घटना हुँदा घाइते भएकोहरुको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...
चुरियामाई दुर्घटना अपडेट : मृतक सबैको सनाखत
मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा बुधबार राति तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सबै जनाको सनाखत भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएको ७ जनाको सनाखत भएको जिल्ला...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहनुका साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका...










