जुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र १७, आईतवार १२:१०
सांकेतिक तस्वीर

काठमाडौं । जुम्लामा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहान गुठीज्यूलाबाट मुगु जाँदै गरेका नाग्म गमगड राजमार्गको कनकासुन्दरी–४ स्थित ठगुनेरामा भे १ ज १०९९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको हो । उनीहरुको पहिचान भने खुलेको छैन ।

घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।