आइतबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको भाउ बढेको जनाएको छ । महासंघले आजको मूल्यसूची तोक्दै शुक्रबारको तुलनामा सुनको भाउ १०० रुपैयाँले बढेको र चाँदीको १० रुपैयाँले घटेको जानकारी गराएको हो ।
महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कायम रहेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ७० रुपैयाँ थियो । जुन, आज आइतबार १ हजार ४६० रुपैयाँमा आइपुगेको हो ।