समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच सोमबार बिहान भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रपति भवन शीतलनीवासमा भेटवार्ता भएको हो । सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले...

खोलाले बगाउँदा दाजु–बहिनीको मृत्यु

रुकुम । रूकुम पश्चिममा आइतबार खोलाले बगाउदा एकै घरका दाजु–बहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका– ६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षिया छोरी भावना बुढाथोकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आइतबार बेलुकी विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा...

प्रतिनिधि सभा बैठक बस्दै

काडमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संसद् सचिवालयमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरू सोधिने र तिनको उत्तर दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको...

ललिता निवास प्रकरण : आज ४ जना सरकारी वकिलले बहस गर्ने

काठमाडौं । ललिता निवास प्रकरणमा सोमबार चार जना सरकारी वकिलले बहस गर्ने भएका छन् । सरकारको तर्फबाट ४ जनाले बहस गर्न लागेका हुन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता बासुदेव शर्मा र जनक घिमिरेसहित चार जनाले बहस गर्ने उपन्यायाधीवक्ता रमेश भट्टराईले जानकारी दिए । यसअघि आइतबार जिल्ला...

बागमती प्रदेश सभाको बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा हुने सम्भावित कार्यसूची तयार गर्न प्रदेश सभा सचिवालयले आजै विहान साढे ११ बजे संसद् सचिवालयमा कार्यपरामर्श व्यवस्थापन...

हेटौंडामा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका पाण्डेको मृत्यु

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरस्थित भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा महोतरीको जलेश्वर नगरपालिका वडा नम्वर १ बस्ने अन्दाजी ३२ वर्षीय राकेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, गत...

यस्तो रहनेछ आजको मौसम पूर्वानुनमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहनुका साथै बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू...

मकवानपुरमा थप २३ जनामा डेंगू संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा थप २३ जनानमा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका १८, मकवानपुरगढी गाउँपालिकाका एक जना, भीमफेदी गाउँपालिकाका २ जना र मनहरी गाउँपालिकाका...

ट्रेजरीमार्फत २० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले भदौ १९ गते मंगलबार नवीकरण गर्ने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको कूल २० अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले आइतबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान मल्लरानी ४ खलंगा घर भई काठमाडौँको सामाखुशी बस्ने नवराज खड्का रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले सामाखुशीबाट पक्राउ गरेको हो । प्रहरीका...