हेटौंडामा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका पाण्डेको मृत्यु
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरस्थित भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोतरीको जलेश्वर नगरपालिका वडा नम्वर १ बस्ने अन्दाजी ३२ वर्षीय राकेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, गत असार १५ गते चितवनबाट जनकपुरतर्फ जान आउँदै गरेको ना ६ ख ९८०४ नं को बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल पल्टिए दुर्घटना हुँदा ५२ जना घाइते भएका थिए ।
तीमध्ये गम्भीर घाइते भएका पाण्डेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो । मृतक पाण्डेको शव हाल सोही अस्पतालमा राखिएको जनाइएको छ ।
सम्बन्धित समाचार ।
