समाचार
बागमती प्रदेशमा सवारी साधनको भाडादरमा वृद्धि
मकवानपुर । बागमती प्रदेशमा सवारी साधनको भाडादरमा वृद्धि भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा संचालनमा रहेको सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै बागमती प्रदेश अन्तर्गत पर्ने १३ वटै जिल्लाको सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको जानकारी...
अवरुद्ध कान्तिलोकपथमा पुनः यातायात संचालन
मकवानपुर । पहिरोका कारण अवरुद्ध बनेको बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग अन्तरगत पर्ने कान्तिलोकपथ सडकखण्डमा पुनः यातायात संचालनमा आएको छ । गएराति उक्त सकडखण्ड अन्तरगत पर्ने ललितपुरको भट्टेडाँडा प्रहरी चौकी नजिकै वर्षासँगै गएको पहिरोको कारण अवरुद्ध कान्तिलोकपथ सडक आज बिहान ९ बजेदेखि पुनः संचालनमा...
जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ९ जना पक्राउ
हेटौंडा । प्रहरीले काभ्रेमा जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–१२ का वडाध्यक्ष ज्ञानबहादुर दनुवारसहित ८ जना छन् । वडाध्यक्ष दनुवारसहित अन्य ८ जनालाई पाँचखाल नगरपालिकासँगै रहेको एउटा घरबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष केही...
धरानमा निषेधाज्ञा जारी
धरान । धरानमा आज निषेधाज्ञा जारी छ । सुनसरी जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले धरानमा निषेधाज्ञा जारी गरेको हो । धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दु समर्थकहरूले शनिबार प्रदर्शनको तयारी गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । गए राति १२ बजेदेखि आज राति...
आज विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज भदौ ९ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३८ पैसा र...
अफ्रिकी देश मेडागास्करमा भागदौडमा परी १२ जनाको मृत्यु
काठमाडौँ । अफ्रिकी देश मेडागास्करमा भागदौडमा परी १२ जनाको मृत्यु भएको छ । मेडागास्करमा आयोजित इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोहमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु त्यहाँका सञ्चार माध्ययमहरुले जनाएका छन् । भागदौडमा परी घाइते भएका ८० जनालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । जसमध्ये ११ जनाको...
बागलुङमा पहिरोः दुई घर भत्किए, दुई दर्जन बढी घर जोखिममा
बागलुङ । अविरल वर्षाका कारण पहिरोमा परेर बागलुङमा दुई वटा घर भत्किएको छ । त्यस्तै दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाका कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार...
आजको मौसमः सातवटै प्रदेशमा पानी पर्ने
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका...
राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौं १० गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । भदौं ११ गते जारी गर्ने गरी बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बोलकबोल गर्ने भएको हो । भदौ १० गते दिउँसो ३ बजे विकास ऋणपत्रको बोलकबोल गरिने केन्द्रीय...
जसपाले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने भएको छ । ३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरुलाई खटाउन लागिएको जसपाले जनाएको छ । सो क्रममा नेताहरुले आफ्नो जिम्मेवारीभित्रको भूमिकामा रहेर संगठन विस्तारका कार्यक्रमहरु संचालन गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी...










