समाचार
कतिमा कारोबार हुँदैछ सुनचाँदीको भाउ ?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको भाउ स्थितर रहेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा आज सुनको भाउ स्थिर रहेको जनाएको हो । महासंघका अनुसार, आज छापावाल सुनको प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार...
कृषि समितिको सभापतिमा आरजु राणाले दिइन् उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । उनले आइतबार संघीय संसद सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् । प्रमुख दहरुले...
राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र जारी गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र आज जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । भदौं ११ गते जारी गर्ने गरी बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र...
राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने सम्भावित कार्यसूची...
कांग्रेसले टुंगायो समिति सभापतिका उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ । राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको हो । लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदैछ ।
नगरस्तरीय चित्रकला प्रतियोगितामा गौतम प्रथम
मकवानपुर । बालबालिकाहरुको नगरस्तरीय चित्रकला प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ की बालिका बिपिका गौतम प्रथम भएकी छन् । शनिबार नगरस्तरीय बाल समूह संजाल, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको चित्रकला प्रतियोगितामा गौतम प्रथम भएकी हुन् । उनले १८ जनालाई उछिन्दै प्रथम स्थान हाँसिल गरेकी हुन् । प्रथम भएसँगै यनले नगद...
रास्वपा मकवानपुरद्वारा क्षेत्रीय पदाधिकारीहरु चयन
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मकवानपुरले क्षेत्रीय पदाधिकारीहरु चयन गरेको छ । शनिवार भएको क्षेत्रीय भेलाले मकवानपुरको क्षेत्र नं. १ र २ मा सभापति चयन गरेको हो । भेलाले मकवानपुर क्षेत्र नं. १ को सभापतिमा टाकाराज थापालाई चयन गरेको छ भने उपसभापतिमा जगदिश दहाल, सचिवमा किशोर अर्याल र...
सितोरियो कराँते महासंघ मकवानपुरको नेतृत्व लामालाई
मकवानपुर । नेपाल सितोरियो कराँते महासंघ जिल्ला कार्यसमिति मकवानपुरको नेतृत्व दिपक बहादुर लामाले गर्ने भएका छन् । महासंघको जिल्ला कार्य समितिको भेलाबाट लामाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । यस्तै, समितिको उपाध्यक्षमा रामलाल थोकर लामा, रोशन बलामी, रूपक लामा र दामोदर दाहाल चयन भएका छन्...
हेटौंडाबाट लागूऔषधसहित एक युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित शनिबार एक जनलाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट लागूऔषध नाईट्राजेपाम १५२ पिस र ट्रामाडोल – ५ पिससहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको राजबिराज घर बताउने २४ बर्षीय मोहम्मद सोनु खान...
हेटौंडाको राप्ती खोलामा पुरुषको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ सिमलटार क्षेत्रको राप्ती नदी शनिबार अपराह्न एक पुरुषको शव फेला परेको छ । उक्त शव स्थानीय ४५ वर्षीय कुमार भारतीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार, भारतीको शव खोलामा डुबेको अवस्थामा फेला...










