समाचार

आज संसदीय समितिका सभापतिको निर्वाचन हुँदै

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत गठित १० वटा विषयगत समितिका सभापतिको निर्वाचन आज हुँदैछ । लामो समयदेखि रिक्त रहेको उक्त समितिहरुले आज पूर्णता पाउने भएको हो । संघीय संसद् सचिवालयका अनुसार, ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । एकल उम्मेदवारी प्रस्ताव...

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहनुका साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा...

१० वटा समितिको सभापतिमा ११ जनाको उम्मेदवारी

काठमाडौं । संसद्का विषयगत समितिका सभापतिमा विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार हुने समिति सभापतिको निर्वाचनका लागि विभिन्न दलका सांसदहरूले आइतबार उम्मेदवारी दर्ता गरेका हुन् । जसअनुसार कांग्रेसले तीन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । तीमध्ये सांसद आरजु राणाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति,...

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको बुढानिलकण्ठ र टोखा नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले बुढानिलकण्ठ नगरपालिका–११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका–१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित ४ जनालाई...

मकवानपुरमा २३ जना डेंगू संक्रमित थपिए, सबैभन्दा धेरै हेटौंडाका

मकवानपुर । मकवानपुरमा २३ जना डेंगू संक्रमित थपिएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आइतबार सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा डेंगू संक्रमित थपिएका छन् । त्यहाँ आज १५ जनामा डेंगू संक्रमण पुष्टि भएको हो । यसैगरी,...

सन्दीप लामिछानेको मुद्दामा भएन सुनुवाइ

काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइन हुन सकेन । लामिछानेविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा पेसी तोकिएको भएपनि सुनुवाइ हुन नसकेको हो । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको हो । नाबालिग बलात्कारको आरोपमा लामिछानेविरुद्ध गत कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको हो...

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब २६ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १९९३ को विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २८० कम्पनीहरुको ३८ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड २७ लाखको...

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले बारा, कैलाली र महोत्तरीबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५ सय ग्रामसहित शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

ललिता निवास प्रहरण : २९० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेको हो । सरकारी वकिलको कार्यालयका महेश खत्रीका अनुसार, सीआईबीले प्रतिवादीहरुलाई संगठित अपराधको...

समाजवादी प्रेस संगठनको प्रदेश भेला असोजमा

काठमाडौं । समाजवादी प्रेस संगठनले आगामी असोजभित्र सातै प्रदेशमा भेलाको आयोजना गर्ने भएको छ । संगठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले आमसञ्चार क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउन, श्रमजीवी पत्रकारका पारिश्रमिक वृद्धि गर्न तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्न...