एमाले लुम्बिनी अधिवेशन : अध्यक्षमा कँडेल विजयी

तु खबर संवाददाता
२०८० भाद्र २०,बुधबार ०९:४३

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।

बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार, अध्यक्षका प्रत्याशी हरि रिजाललाई पराजित गर्दै कँडेल विजयी भएका हुन् ।

विजयी कँडेलले ४७९ मत प्राप्त गर्दा रिजालले भने ४७७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन्, भने उपसचिव (पुरुष) मा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् ।

यस्तै, उपसचिव (महिला) मा भने लीला राना मगर ३५२ मतसहित निर्वाचित भएकी छन् ।