भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समिति गठन

तु खबर संवाददाता
२०८० भाद्र २०, बुधबार १६:५६

मकवानपुर । मकवानपुरको हेटौंडामा आज भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समिति गठन गरिएको छ ।  मकवानपुरमा रहेका भूमिहीन सुकुम्बासी क्षेत्रबहादुर मोक्तानको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सह–संयोजक सुर्यबहादुर थोकर र सचिवमा सोमबहादुर योञ्जन लगायत रहेका छन् । वर्षैदेखि भोगचलान गर्दै आएको आफ्नो जग्गाहरु नापजाच गर्न दबाब दिनको लागि आफुहरुले समिति गठन गरेको संघर्ष समितिका संयोजक मोक्तानले बताए ।

नेपालको सविधानमा उल्लेखित जनताको मौलिक हक अधिकारको सुनिश्चितता, जनताप्रति उत्तरीदायी बनि स्थानीय सरकारको अधिकार कायान्वयन लगायतको मागहरु पूरा गर्न समिति गठन गरिएको उनले बताए ।

उनले आफुहरुले पालिकादेखि वडा तहसम्म समिति गठन गरी ती मागहरु कार्यान्वयनका लागि सर्घष गरिरहने बताए ।