कांग्रेस सहमहामन्त्री यादवमाथि धारिलो हतियारले आक्रमण
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारले आक्रमण भएको छ ।
काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनीमाथि खुकुरी हानेको आरोपमा श्यामबहादुर सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार, खुकुरी प्रहारबाट घाइते भएका यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।
