समाचार
डेंगू संक्रमित संख्या बढ्यो, एकैदिन ४०० भन्दा बढीमा पुष्टि
काठमाडौं । नेपालमा डेंगू संक्रमितको संख्या दिन–प्रतिदिन बढिरहेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले आज एकैदिन ४०५ जनामा डेंगू संक्रमण पुष्टि भएको जनाएको छ । महाशाखाले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा २४ हजार १२ सङ्क्रमित थिए भने आज यो संख्या बढेर २४ हजार ४१७ जना पुगेको हो...
कामदार बोकेको ट्याक्टर दुर्घटना, ६ जना घाइते
सुर्खेत । रुकुम पश्चिममा कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मुसिकोट खलङ्गाबाट चौरजहारीतर्फ जाँदै गरेको भे २ त १४६१ नम्बरको उक्त ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएको रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा ट्याक्टर चालक चौरजहारी नगरपालिका–१ का वर्ष २४...
माछा मार्ने क्रममा करेन्ट लागेर थापाको मृत्यु, चार जना पक्राउ
वालिङ । स्याङ्जामा आज बिहान माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । बिहान २ बजे वालिङ नगरपालिका वडा नम्वर ६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले माछा मार्न गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको छ...
अझै भेटिएनन् डोल्पाका गुल्मपति पण्डित
काठमाडौं । १२ दिनदेखि बेपत्ता रहेका डोल्पाका नेपाली सेनाका गुल्मपति विमल पण्डित अझै भेटिएका छैनन् । गत भदौ १० गतेदेखि बेपत्ता रहेका दुनै, नन्द बक्स गुल्मका गुल्मपति पण्डित अझै सम्पर्कविहीन छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, डाँछी निवासी पण्डित अझै सम्पर्कबिहीन रहेको डोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकीले...
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभाको २५ औँ बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्नेछन् । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीबाट “प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक” माथि...
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै
काठमाडौं । आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन्छ । यस वर्ष दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज’ रहेको छ । शिक्षा,...
‘न्वागी पर्वले चेपाङ समुदायको उत्थान तथा प्रगतिमा सघाउ पुर्याउनेछ’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले चेपाङ समुदायको महत्वपूर्ण पर्व छोनाम अर्थात् न्वागीले समुदायको उत्थान तथा प्रगतिमा सघाउ पुर्याउने बताएका छन् । प्रदेश प्रदेश शर्माले आज एक शुभकामना सन्देश जारी गर्दै लोपोन्मुख जातीका रुपमा रहेका चेपाङ समुदायको उत्थान तथा प्रगतिमा समेत यस्ता पर्वले सघाउ पुर्याउने बताएका हुन्...
वडाध्यक्षको निधनमा आज शोक विदा
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरमा शोक विदा दिइएको छ । महानगरले जारी गरेको विज्ञप्तिमा शिक्षण संस्थाहरू भने खुला रहने उल्लेख छ । वडाध्यक्ष रिजालको हिजो बिहीबार काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । रिजालको हिजै पशुपति आर्यघाटमा अन्तिम...
संविधान दिवस मनाउन एमालेद्वारा पार्टी पंक्तिलाई परिपत्र
काठमाडौं । नेकपा एमालेले आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई परिपत्र गरेको छ । पार्टी निर्णय अनुसार, सम्पूर्ण पार्टी पंक्तिलाई संविधान दिवसको उत्सवमा सहभागी हुन परिपत्र जारी गरिएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए । ‘नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट संविधान बनेको दिनलाई उत्सवका रुपमा...
संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० पनि संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो । संघीयता कार्यान्वयनमा नै समास्या पर्ने अवस्था आइसक्दा समेत...










