समाचार
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ । बैठकमा सरकारका काम कारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्ड र अमेरिका भ्रमणमा रहँदा गरिने काम र जाने प्रतिनिधिमण्डलको विषयमा पनि छलफल हुनेछ । यस अगाडिको मन्त्रिपरिषद्को...
राप्रपाले गौहत्याको विरोधमा सरकारलाई ज्ञापन पत्र बुझाउँदै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा आज सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ । देशका विभिन्न स्थानमा राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भइरहेको जनाउँदै राप्रपाले त्यसलाई रोक्न माग गर्दै आज ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो । राप्रपाले गौहत्याको विरोध, दोषीलाई...
धारिलो हतियार प्रहार गरी वृद्धाको हत्या
धनगढी । दार्चुलामा एक वृद्ध महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ७५ वर्षीया भागरथी चन्दको धारिलो हतियार चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, वृद्धा घर नजिकै घाँटी र छातीमा चक्कु प्रहार गरी हत्या भएको मृत फेला परेकी...
अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँ, बर्दिया र धादिङबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित चितवन ईच्छाकामना गाउँपालिका–५ बस्ने ३० वर्षीय तिलक गुरुङलाई सोमबार बिहान पक्राउ गरेको छ...
समाजवादी मोर्चाले पोखरामा सन्देशसभा आयोजना गर्ने
गण्डकी । समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देशसभा आयोजना गर्न लागिएको माओवादी केन्द्रका सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले बताए । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी...
मंगलबारको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको र त्यसको प्रभावले कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम...
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची तय गरिएको हो ।...
राष्ट्रपति पौडेलले गरे तीन देशमा राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा १ अनुसार राजदूतहरूको नियुक्ति गरेका हुन् । उनले सुधीर भट्टराई फ्रान्स, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स (यूएई) र घनश्याम लम्साल कुवेतको राजदूतमा नियुक्त गरेका हुन् । उनीहरु मन्त्रिपरिषद्को सिफारिसमा...
नवोदयले नमूना राष्ट्रसंघीय सभाको आयोजना गर्ने
हेटौंडा । नवोदय शिशु सदनको आयोजनामा हेटौंडामा अन्तर्राष्ट्रिय नीतिनियम, योजना तथा समस्याको समाधानबारे वृहत विश्लेषणसहितको नमूना संयुक्त राष्ट्र संघीय सभाको आयोजना हुने भएको छ । विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास, समालोचनात्मक सोचाई, सहकार्यलगायतका अन्तरनिहित प्रतिभाको विकास गराउने उद्देश्यले विद्यालयले एक वैचारिक कार्यक्रमको आयोजना गर्न लागेको हो । आगामी भदौ...
मकवानपुरमा फिल्म फेष्टिभल हुने
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा फिल्म फेष्टभल हुने भएको छ । थाहा कला केन्द्रले आयोजना गर्ने उक्त फेष्टिभल आगामी मंसिर ९ देखि १५ गतेसम्म हुने भएको हो । थाहा नगरपालिकालाई नेपालको ‘मिनि फिल्म सिटी’ को रुपमा स्थापित गर्नको लागि कार्यक्रमको आयोजना गर्न लागिएको गरिएको आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले...










