विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

तु खबर संवाददाता
२०८० भाद्र २२,शुक्रबार १८:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही  भदौ २५ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने भएको हो ।

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको छ ।

इच्छुक लगानीकर्ताहरुले भदौ २४ गते अपराह्न ३ बजेभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

सूचना अनुसार कूल रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ आपसी प्रतिस्पधात्मक प्रणालीमार्फत बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ विनाप्रतिस्पर्धा वितरण गरिनेछ ।

विकास ऋणपत्रको ब्याज भने अधर्वाषिक अर्थात् ६/६ महिनामा भुक्तान दिने बैंकले जानकारी दिएको छ ।