राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

तु खबर संवाददाता
२०८० भाद्र २२, शुक्रबार १६:३०
file-photo

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

यही भदौ २४ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संसद् सचिवालयले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

सचिवालयका अनुसार, अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको हो ।