समाचार

मकवानपुरमा डेंगू संक्रमितको संख्या ३०० को हारहारीमा पुग्यो

मकवानपुर । मकवानपुरमा पछिल्लो समय डेंगू संक्रमितको संख्या बढ्दो छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका तीन जना, मनहरी गाउँपालिकाका ५ जना र भीमफेदी गाउँपालिकाका एक जनामा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले...

अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, मोरङ, काठमाडौं र बारा गरी चार छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको टिकापुर नगरपालिका–६ नारायणपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय ६० मिलिग्रामसहित २ जनालाई सोमबार...

चीन जाने पर्यटकका लागि कोरोना परीक्षण अनिवार्य नहुने

काठमाडौं । चीन भ्रमणमा जाने पर्यटकहरुका लागि कोरोना भाइरस (कोभिड १९) परीक्षण अनिवार्य नहुने भएको छ । सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले चिन जाने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाउने बताएका हुन् । उनका अनुसार, उक्त नियम अगस्ट ३० देखि लागू हुनेछ । २०१९ को...

झिनो अंकले घट्यो नेप्से, ९८ करोड ८६ लाखको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से झिनो अंकले घटेको छ । सोमबार केही सुधार देखिएको नेप्से मंगलबार फेरी घटेको हो । आज नेप्से परिसूचक ५ अंकले घटेर १९९३ कोे विन्दुमा कायम भएको छ । सोमबार नेप्से ५ अंकले बढेर १९९८ को विन्दुमा कायम भएको थियो...

कांग्रेसका प्रदेश सभापतिको पोखरा भेला स्थगित

गण्डकी । नेपाली कांग्रेसका पोखरामा हुने भनिएको प्रदेश सभापतिको भेला स्थगित भएको छ । सात वटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको कांग्रेसका प्रदेश सभापति भेला स्थगित भएको हो । कांग्रेसको आगामी मंसिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई...

टिपरको ठक्करबाट डाक्टरको ज्यान गयो

विराटनगर । मोरङको उर्लाबारीमा मंगलबार बिहान टिपरले ठक्कर दिँदा डाक्टरको ज्यान गएको छ । ज्यान गुमाउनेमा डाक्टर निरज यादव रहेको प्रहरीले जनाएको छ । बिहान उर्लाबारी नगरपालिका– ४ स्थित ओमसाई पेट्रोल पम्पनजिकै पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–००१ क ००९५ नम्बरको टिपरले प्रदेश १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...

बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

दमौली । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँबाट एक विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापा रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि...

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि अब ५ वर्ष कायम

काठमाडौं । सरकारले प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि अब ५ वर्ष कायम गरेको छ । गृह मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन)...

कञ्चनपुरमा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेंगू संक्रमणका कारण गएरति मृत्यु भएको हो । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार, खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । एक साताअघि भारतबाट घर...

वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन

जनकपुरधाम । नेपाली पत्रकारिता क्षेत्रको जिउँदो इतिहासको रुपमा चिनिने स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन भएको छ । नेपालीको निजी निवास जनकपुरधाम उप–महानगरपालिका वडा नं २३ लादोबेलास्थित आइतबार साँझ निधन भएको हो । उनका छोरा राघवेन्द्रप्रसाद साहका अनुसार, लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित उनी झन्डै...