बागमती प्रदेश सभा बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । गत भदौं २० गते अपराह्न १ बजे बस्ने भनिएको बैठक सरेर आज बस्ने भएको हो ।
बैठक बिहान साढे ११ बजे बस्ने गरी आह्वान गरेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, सो बैठकमा शून्य समय र विभिन्न विधेयकमाथि छलफल हुनेछ ।
भदौं २० गते बुधबार बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुको सहमतिअनुसार आजको लागि सारिएको थियो ।
यसअघि भदौं १८ गते सोमबार बस्ने भनिएको बैठक पनि सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुबीच सहमति हुन नसक्दा बुधबार बस्ने गरी स्थगित गरिएको थियो ।
बागमती प्रदेश सभाको बैठक यसअघि गत असार २१ गते बसेको थियो ।
