सातामा प्रतितोला २०० ले घट्यो सुनको भाउ
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता २०० रुपैयाँले सुनको भाउ घटेको जनाएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ थियो । यस्तै, उक्त मितीमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो । जुन यो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ छ ।
यस्तै, यो साता चाँदीको भाउ पनि घटेको छ । गत शुक्रबारको तुलनामा चाँदीको भाउ प्रतितोलामा ६५ रुपैयाँले घटेको महासंघले जनाएको छ । यससँगै, यो साता चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँ कायम भएको छ । जुन, गत साताको शुक्रबार १४ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
