समाचार

६० किलो सुन प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको हो । हङकङबाट ‘रेडी ट्रेड प्रालि’ को नाममा तस्करी गरेर ल्याएको...

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्स परीसूचक २ अंकले घटेर १९९० विन्दुमा कायम भएको छ भने नेप्सेमा ३८ लाख कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोडको कारोबार भएको छ । बुधबार ११ वटा उपसूचकमा रातो पोतिदा...

सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु

बैतडी । बैतडीमा विषालु सर्पले डस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीय पार्वती घटाल रहेका छन् । गएराति भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको र आज बिहान १ बजेतिर मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए । उनका अनुसार, सर्पको...

६० किलो सुन प्रकरणमा जोडिएकाहरुको सम्पत्तिमाथि अनुसन्धान सुरू

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान सुरु गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरुको सम्पत्तिमाथिको अनुसन्धान थालेको हो । अख्तियारले सुन तस्करीका समयमा कार्यक्षेत्र र जिम्मेवारीमा रहेका कर्मचारीहरुको भूमिकामाथि अनुसन्धान थालेको छ । त्यस...

बागमती प्रदेश सभामा दुई वटा विधेयक दर्ता

मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा बुधबार दुई वटा विधेयक दर्ता भएको छ । उक्त विधेयक प्रदेश सरकारको तर्फबाट दर्ता गरिएको हो । प्रदेश सभा सचिवालयमा प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक रहेको सो सचिवालयका...

नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिक पक्राउ

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका कुर्मी हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)...

पाल्पा पहिरो अपडेट : ३ जनाको मृत्यु

बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडीमाथि पहिरो खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा एक...

पाल्पामा गुडिरहेको स्कर्पियोमाथि पहिरो खस्यो, ५ जना घाइते

बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कर्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कर्पियोमाथि पहिरो खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त घटनामा जीपमा सवार पाँच जना घाइते भएका छन् । पहिरोमा च्यापिएका तीन जनालाई अझैसम्म पनि बहिर निकाल्न नसकिएको र निकाल्ने...

नेपाली सेनाको डोल्पाका गुल्मपति चार दिनदेखि सम्पर्कविहीन

काठमाडौं । नेपाली सेनाको डोल्पाका गुल्मपति चार दिनदेखि सम्पर्कविहीन भएका छन् । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित आइतबार रातिदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । सम्पर्कविहीन भएका उनलाई सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनी एकाएक सम्पर्कविहीन भएपछि स्थानीय प्रशासनले उनको खोजी गरिरहेको छ...

एमाले सचिवालय बैठक आज बस्दै

सिराह । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे सिरहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी) मा बस्ने एमाले मधेस प्रदेश इन्चार्ज एवम् केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एमालेले जनाएको छ...