समाचार

मकवानपुरगढीमा अन्तरजेसीस फुटसल हुने

हेटौंडा । मकवानपुरगढी जेसीज (प्रस्तावित) को आयोजनामा अन्तरजेसीस फुटसल हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो । मकवानपुरगढी जेसीजले मकवानपुरगढी गाँउपालिकालाई नेपालभरिका जेसीजका शाखामाझ पर्यटन प्रवद्र्धन, औद्योगिक प्रतिष्ठानहरुलाई खेलकुदमा लगानी गर्दै सामाजिक उत्तरदायित्व बहन एवम् खेलकुदको विकास गराउने उद्देश्यले जेसीआई मकवानपुरगढी फुट्सल प्रतियोगिता...

आजको मौसम : आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम र बाँकी भूभागका एक–दुई...

विपद्को विभिन्न घटनामा परेर ७३ जनाको मृत्यु

काठमाडौं । देशभर विभिन्न विपद्को घटनामा परेर जेठ ३१ देखि भदौ ८ गतेसम्ममा ७३ जनाको मृत्यु भएको छ । सो अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार, मनसुन अवधिमा एक सय दुई...

आज जनैपूर्णिमा एवम् रक्षाबन्धन मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा एवम् रक्षाबन्धन (ऋषि तर्पणी) पर्व आज देशभर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा...

ललिता निवास प्रकरण : १० जना प्रतिवादीको बयान सकियो

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये १० जनाको बयान सकिएको छ । काठमाडौं जिल्ला अदालतमा जारी बयानमा बुधबारसम्म १० जनाको बयान सकिएको सो अदालतका सुचना अधिकारी दिपक दाहालले जानकारी दिए । उनका अनुसार, सोमबार दुई जना, मंगलबार तीन जना र बुधबार ५ जनाको बयान सकिएको हो । यद्यपि...

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बारा र बाँके गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ रूद्रमती डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका २६ वर्षीय विशाल बुढाथोकीलाई अवैध...

मकवानपुरमा थप २६ जनामा डेंगू संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा थप २६ जनानमा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका १९, मकवानपुरगढी गाउँपालिकाका एक जना र मनहरी गाउँपालिकाका ६ जनामा डेंगू संक्रमण...

सोमबारदेखि बेपत्ता डाक्टर प्रज्ज्वल अझै भेटिएनन्

विराटनगर । गत सोमबार बिहानदेखि बेपत्ता भएका झापा दमकका डाक्टर प्रज्ज्वल कोइराला अझै भेटिएका छैनन् । सप्तकोशी नदीको पुल छेउमा गाडी, जुत्ता र मोबाइल छोडेर बेपत्ता भएका कोइराला अझै अज्ञान नै रहेको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल...

अरिंगाल पोल्न जाँदा रुखबाट लडेर वडा सदस्यको ज्यान गयो

गोरखा । अरिंगाल पोल्न गएका गोरखाको आरुघाट गाउँपालिका–९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर ज्यान गएको छ । मंगलबार राति ९ बजे वडा नम्बर ८ लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा रुखबाट लडेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ । प्रहरीका अनुसार, रुखबाट लडेर गम्भीर घाइते...

प्रधानमन्त्री प्रचण्ड र सार्क महासचिवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव इसला रुवान विराकुनबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको...