पानीमा डुबेर २ जनाको ज्यान गयो

तु खबर संवाददाता
२०८० भाद्र २५, सोमबार १५:४६
file-photo

सुन्दरहरैँचा । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको ज्यान गएको छ । आइतबार राति ८ बजे रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर मन्सुरको पानीको डुबेर ज्यान गएको हो ।

प्रहरीका अनुसार, मृतक बालक आइतबार खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर अचेत भएका थिए । उनको उपचारको लागि जिल्ला अस्पताल इनरूवा लैजाना साथ डाक्टरले मृत घोषित गरेका थिए ।

यसैगरी, इटहरी उपमहानगरपालिका–४ मनकामना चोकमा रहेको ज्येष्ठ नागरिकको मन्दिरमा पूजारीको काम गर्ने एक जनाको पानीमा डुबेर ज्यान गएको छ । ज्यान गुमाउनेमा भोजपुरको टेम्केमैयुम–७ का ५५ वर्षीय केशव नेपाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।