सोमबार शेयर बजार उच्च अंकले बृद्धि

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले वृद्धि भएको शेयर बजार आज ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको छ ।
यस्तै, आज २७८ कम्पनीका ४७ लाख ४२ हजार ५११ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसअघि आइतबार नेप्से १०.२३ अंकले बढ्दा १९४२.६८ को विन्दुमा कायम भएको थियो भने २७६ सूचीकृत कम्पनीको ४३ लाख १४ हजार ४ सय १७ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, आज शेयर बजार बढेसँगै नेप्सेमा कारोबार भएका सम्पूर्ण उपसूचकहरुमा हरियाली छाएको छ । आज हाइड्रोपावर इन्डेक्स सर्वाधिक प्रतिशतले बृद्धि भएको छ ।