समाचार

ललिता निवास प्रकरण : जग्गा हिनामिनामा संलग्न १७ जनाको बयान पूरा

काठमाडौं । ललिता निवास क्याम्प भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पूरा भएको छ । एक जनाको बयान जारी रहेको जिल्ला अदालत काठमाडौंले जनाएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् । समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको बयान...

नक्कली नेपाली रुपैयाँसहित मकवानपुरबाट तीन जना पक्राउ

मकवानपुर । अवैध नक्कली नेपाली रुपैयाँसहित मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाईबाट बिहीबार तीन जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहटको कटहरीया नगरपालिका वडा नम्वर ६ बस्ने अन्दाजी १९ वर्षीय धर्मेन्द्र महरा, सोही गाउँपालिका वडा नम्वर १ बस्ने २१ वर्षीय दिपेश दास र मकवानपुरको राक्सिराङ...

मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ खयरघारी र राक्सिराङ गाउँपालिका वडा नम्वर ३ दमारबाट लागूऔषधसहित एक–एक जनालाई पक्राउ गरेको हो । प्रहरीले मनहरी–६ बाट लागूऔषध गाँजा २ पनसहित स्थानीय नयाँबस्ती बस्ने अन्दाजी २९ वर्षीय सन्तलाल लामालाई पक्राउ...

विषालु च्याउ खाँदा छोरा–छोरीको मृत्यु, आमा विरामी

बझाङ । बझाङमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायत छन् । मंगलबार जंगलबाट ल्याएको च्याउ खाएर आमा पुनी कठायत र दुई बालबालिका बिरामी परेका थिए । बिरामी उनीलाई उपचारका लागि जिल्ला अस्पतालमा...

मुख्यमन्त्री थापाले लिएको विश्वासको मतबारे आज सुनुवाइ हुने

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको हो । थापाले गत भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्ष गरेका कांग्रेस सांसद ईस्राईल...

सापारु र रोपाइँ जात्राको अवसरमा सार्वजनिक विदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । महानगरपालिकाले सापारु र रोपाइँ जात्राको अवसरमा आज सार्वजनिक विदा दिएको हो । मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र सार्वजनिक विदा दिएको जनाइएको छ ।

पहिरोका कारण गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

गोरखा । पहिरोका कारण गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध बनेको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खस्दा उक्त सडकखण्ड अवरुद्ध बनेको हो । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ । प्रहरीका अनुसार, सुक्खा पहिरो पन्छाउन...

लेनदेनको विषयलाई लिएर श्रेष्ठको हत्या, एक जना पक्राउ

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका–२ बशन्तटोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–९ घर भएका २७ वर्षीय कर्मराज परियार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, लेनदेनको बिषयलाई लिएर परियारले...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, बर्दिला र झापा गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–२ तेघरी डेरा गरी बस्ने डडेल्धुरा नवदुर्गा गाउँपालिका–२ बेडपानी घर भएका २९ वर्षीय निराजन बिष्टलाई...

राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुभाष पौडेल र नारायण प्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको उक्त जग्गामा निर्मित भवन भत्काउने कार्य नगर्न नगराउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको...